बाँकेमा शुक्रवार र शनिवारको निषेधाज्ञा हट्यो


नेपालगन्ज ३१ भदौ :  जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार र शनिवारको निषेधाज्ञा हटाएको छ । तर सावधानी भने अपनाइने प्रशासनले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले निषेधाज्ञा हटेको विषयमा जानकारी दिदै भने,-बाँकेमा शुक्रबार र शनिबारको निषेधाज्ञा हटाईएको छ , तर हामी उच्च जोखिममै रहेको हुदा स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गरौ ।


प्रकाशित मितिः     2:26:39 PM  |