जीप रुविकन आयो नेपाल, यस्तो छ मूल्य


जीपको आधिकारीक वितरक लाइफ अटोमोवाइलको जीप र्‍याङलरको विश्व चर्चित अफरोड भेरियन्ट रुविकन नेपाल ल्याएको छ । अमेरिकी उत्पादन रुविकन अफरोड एडभेञ्चर ड्राइभिङको लागि निकै चर्चित मोडल हो ।

जीपले नेपालमा र्‍याङलरको सहारा र रुविकन दुई भेरियन्ट ल्याएको छ । कम्पनीले ल्याएको सहारा भेरियन्टको मूल्य २ करोड ३९ लाख ९० हजार रुपैयाँ रहेको छ भने रुविकनको मूल्य २ करोड ५७ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

नेपाल आएको रुविकनमा २.० लिटर टर्बो इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ५२५० आरपीएममा २७० बीएच पावर र ३००० आरपीएममा प्रदान गर्छ ।

रुविकनको लम्बाई ४७८५ एमएम, चौडाई १८७५ एमएम र उचाई १८६८ एमएम रहेको छ भने यसमा ३००८ एमएमको ह्वीलवेस दिइएको
छ । ८१ लिटर इन्धन अट्ने ट्याङ्क यसमा दिइएको छ ।

चारवटै चक्कामा डिस्क ब्रेक दिइएको रुविकनमा इन्फोटेन्टमेन्ट सिस्टम, प्रिमियम अडियो सिस्टम, रिमोर्ट इन्जिन स्टार्ट जस्ता फिचर उपलब्ध रहेको छ ।

प्रकाशित मितिः     २ आश्विन २०७७, शुक्रबार ०९:२३  |