कोरोना पोजिटिभ भएपछि स्वास्थ्यकर्मी तेज ओली भन्छन्-आइसोलेसनमा पनि संक्रमितको सेवा गर्छु


नेपालगन्ज ७ असोज :  नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट तेज ओली कोरोना संक्रमित भएका छन् । बुधवार आएको रिर्पोट अनुसार उनमा संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो साढे पाँच महिनादेखि ओली क्वारेन्टाइन र आइसोलेसनकोमा खटिए । महेन्द्र बहुमुखी क्याम्पस र ह्वाईटहाउसस्थित क्वारेन्टाइनको प्रमुख जिम्मेवारी खटिने क्रममा ओली संक्रमित भए ।

संक्रमण भएपछि उनले भने,

-बाँके जिल्ला र नेपालगन्ज उपमहानगरपालिकामा कोभिड १९ महामारी नियन्त्रण र रोकथाम को लागी सक्ने कोसिस गर्द गर्दैै म पनि यो रोग बाट अछुतो रहन सकिन ।

सेवा गर्दा गर्दै आफ्नो ख्याल नगरी आम नागरिकको रक्षाको लागी अअहोरात्र खट्ने कोसिस गरे।आइसोलेसन सेन्टर बाटै भए पनि सेवाको लागी आफ्नो जिम्मेवारी पुरा गर्न उपमहानगरपालिका लार्इ बाचा गर्दै मेरो सम्पर्कमा रहनु हुनेलाई सजग हुन अनुरोध गर्दछु।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार १७:१८  |