देउराली जनताले उत्पादन गर्यो कोभिड उपचारमा प्रयोग हुने औषधि, यि व्यक्तिलाई सम्पर्क गर्न सकिने


  • क्यापिटल नेपालबाट

काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले कोभिड उपचारमा प्रयोग गर्न मिल्ने फेभिर९२०० उत्पादन सुरु गरेको छ । कोभिड९१९ को उपचारका लागि अत्यावश्यक रूपमा प्रयोग गर्न दिइएको फेभिर९२०० ट्याब्लेट नेपालमै उत्पादन सुरु गरेको हो । औषधि व्यवस्था विभागको अनुमतिमा देउराली जनता फर्मास्यूटिकल्सले यो औषधि उत्पादन थालेको कम्पनीले जनाएको छ ।

कम्पनीले औषधिका लागि गान्धिप्रसाद शर्मा र शिवकुमार भण्डारीको मोबाइल नम्बर क्रमशः ९८०२०८८००६ र ९८०२०८८१६५ मा सम्पर्क गरेर लिन सकिने जानकारी दिएको छ ।

हालसम्म जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा र भारत लगायतका मुलुकमा फेविपिरभिर औषधि इमर्जेन्सी प्रयोग गर्न अनुमति दिइएको थियो। कम्पनीका अनुसार कोभिडको उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने उद्देश्यसहित यो औषधि उत्पादन गरिएको हो। कम्पनीले यो औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको दाबीसमेत गरेको छ।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार १८:३०  |