ज्योति लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश गरेको छ । ३ अर्व ५० करोड लगानीमा स्थापना भएको ज्योतिले दुई अर्बको जीवन बिमा कोष बनाउन सफल भएको छ ।

बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाश विक्रम खत्रीले घातक रोगसहितको सेवा दिने पहिलो नेपाली जीवन बिमा कम्पनीको रुपमा व्यवसाय प्रारम्भ गरेको बताए ।

उनले कम्पनीले २०७६ बैशाख २५ गतेदेखि सर्वाधिक ३५ वटा घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँ सम्मको सुविधा दिने एक मात्र कम्पनी बन्न सफल भएको बताए ।


ज्योतिको हाल ११७ वटा शाखा सञ्जालसहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बिमा शुल्क संकलन गर्न सफल भएको छ ।

आइएसओ ९००१ः२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र मात्र कम्पनीले बितहरुलाई बोनस बृद्धिसहित सल्भेन्सी अनुपात १।८३ कायम गरेको छ ।

प्रकाशित मितिः     ८ आश्विन २०७७, बिहीबार १८:२८  |
error: Content is protected !!