एफएनसीसीआईको साधारणसभा गर्न गृहले दियो अनुमति


काठमाडौं। गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृहबाट सहमति प्राप्त भएको बताए।

गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुने गरि निर्वाचन गर्न अनुमति दिएको उनले बताए। योसँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ।


गोल्छाले अब छिटै नै साधारणसभा र चुनावको मिति तोकिने बताए। सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रूपमा पालना गर्न र आवश्यक परेमा ३र४ वटा ठाउँबाट दुई दिन सम्म गरेर भएपनि चुनाव गरिने उनले बताए।

महासंघले मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिँदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो।

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार ०७:४२  |
error: Content is protected !!