प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई मेगा बैंकको ऋण स्किम, एक करोड रुपैयाँसम्म दिने


काठमाडौं। मेगा बैंक नेपालले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई ऋण दिने नयाँ स्किम ल्याएको छ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा पाउने बैंकले विज्ञप्तिमा जनाएको छ। विद्यालयका साथै शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउने छन्।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैयाँसम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ। यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन ९व्यावसायिक कर्जा० प्रदान गर्ने छ।

यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने बैंकले जनाएको छ।

कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको जनाएको छ। विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित मितिः     १३ आश्विन २०७७, मंगलवार १३:४१  |