यात्रुको चाप बढेसँगै आन्तरिक उडानको संख्या बढ्यो, दैनिक ७१ उडान हुने


काठमाडौं । यात्रुको चाप बढेसँगै आन्तरिक उडानको संख्या बढेको छ । अब दैनिक ७१ उडान हुने भएको हो । यसअघि प्राधिकरणले २५ प्रतिशत उडान गर्दै आएको थियो भने अहिले बढाएर ३५ देखि ४० प्रतिशत उडान पुर्‍याउने गरी उडान संख्या बढाइएको छ।

बिहीबारबाट लागू हुने गरी आन्तरिक उडानको संख्या बढाइएको हो। तर, यो संख्यामा अझै वृद्धि हुनसक्ने प्राधिकरणको भनाइ छ।

वृद्धि भएको संख्याअनुसार अब बुद्धले २५ उडान गर्न पाउने यसअघि १८ उडान गर्दै आएको थियो । १२ उडान अनुमति पाएको यतीले अब दैनिक १८ उडान गर्न पाउने भएको छ।

श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ। यसैगरी सिम्रिक र सौर्यलाई भने दैनिक २ वटा उडानको अनुमति दिइएको छ।

साथै दुर्गमका उडान गर्ने सीता, तारा र समिटले पनि अब दैनिक ४/४ वटा उडान गर्न पाउने प्राधिकरणले जनाएको छ।

प्रकाशित मितिः     १४ आश्विन २०७७, बुधबार १३:४९  |