राप्ती गाउँपालिकाका अध्यक्ष भन्छन-भालुवाङ राजधानी थेग्न सक्ने इतिहास बोकेको ठाउँ हो


नेपालगन्ज १६ असोज :  भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी तोक्ने निर्णय निर्णयसंगै त्यहाँ सर्बसाधारणमा खुसियाली छाएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले अपेक्षा गरे अनुसार नै निर्णय भएको बताउँदै स्वागत गरे ।

उनले प्रदेश सरकारले निर्णय गरी पेश गरेको प्रस्ताव संसदले पारित गर्ने बिश्वास व्यक्त गरे ।

अर्थपेजसंग कुराकानी गर्दै उनले आफुहरुले एक हजार बिगाह जग्गा दिने प्रस्ताव नै पेश गरेको उल्लेख गरेका छन् । उनी भन्छन्, ‘लालपूर्जा नभए पनि भालुवाङ बजारमा घर बनाएर बस्ने, व्यापार गर्नेहरु बढीरहेका छन् । सरकारी जग्गामा बन्यो भनेर भत्काउन सकिँदैन ।’

३१ बिघा भन्दा धेरै जग्गामा फैलिएको भालुवाङ बजारमा एक हजार एक सय बढी घरहरु बनेका गाउँपालिका अध्यक्ष सुवेदीको अनुमान छ ।

भालुवाङवासी वर्षौंदेखि भोगचलन गर्दै आएकाले लालपूर्जा दिनुपर्ने माग गर्दै सिंहदरबार धाउने गरेका छन् । तर, त्यसको सट्टा जग्गा वन मन्त्रालयले माग्ने गरेको छ ।

स्थानीय मिलेर बजार क्षेत्रभन्दा केही माथि केही जग्गा उपलब्ध गराउने सहमति पनि गरेका थिए । तर, राजनीतिक खिचातानीका कारण त्यो सम्भव हुन सकेको छैन ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार १६:५०  |