बर्दिया काँग्रेसले भन्यो-भालुवाङ राजधानी बनाउने प्रस्ताव यथाशिघ्र पारित गरी कार्यान्वयन होस्


नेपालगन्ज :  नेपाली काँग्रेस बर्दियाले भालुवाङलाई राजधानी बनाउने निर्णयको स्वागत गर्दै यथाशिघ्र पारित गरी कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

अध्यक्ष एवं प्रतिनिधिसभा सांसद सन्जय गौतमले शनिवार प्रेस बिज्ञप्ती जारी गरी राजधानी सम्बन्धी प्रस्ताव तत्काल पारित गर्न जोडदार माग गरेका हुन ।


उनले आफुहरुले उठाउँदै आएको माग सम्बोधन भएको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

गौतमले भालुवाङ सबै प्रदेशका सबै जनताका लागि पायक पर्ने ठाउँ भएको पनि बताएका छन् ।

प्रकाशित मितिः     १७ आश्विन २०७७, शनिबार २१:४८  |
error: Content is protected !!