फुड बैंकलाई रक्षकको सहयोग


हुनेले दिऔं नहुनेले लैजाऔं भन्ने मुल नाराका साथ नेपालगन्जमा सञ्चालीत फुड बैंकलाई सेक्युरिटि सेवामा क्रियाशिल रक्षक सेक्युरिटि सर्भिसेज नेपालगन्जले आज खाद्य सामाग्री सहयोग गरेको छ ।

सेक्युरिटीज कम्पनी स्थापनाको तिन बर्ष पुरा भएको अवसरमा आज कम्पनीले आफ्नै कार्यालयमा सो खाद्य सामाग्री हस्तान्तरण गरेको हो । कम्पनीले कार्य प्रारम्भ गरेको धेरै समय नभएपनि पबित्र उद्धेश्यका साथ शुरु गरिएको फुड बैंकमा कम्पनीको तर्फबाट सामाजिक उत्तर दायित्व अन्तरगत सो सहयोग हस्तान्तरण गरिएको सेक्युरिटीजले जनाएको छ ।

रक्षकको नेपालगन्ज स्थित कार्यालयमा रक्षक सेक्युरिटिजका कार्यकारी अध्यक्ष जय नारायण शाहले फुड बैंक संचालन समितिका संयोजक नमस्कार शाह, गैसस महासँघ बाँके शाखाका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना र फुड बैंक संचालन समितिका सदस्य हेमराज भट्टलाई सो खाद्यन्न हस्तान्तरण गरेका थिए ।

रक्षकले हस्तान्तरण गरेको खाद्यान्नमा १ सय किलो चालम, १० किलो तेल, १० किलो दाल, १ सय पिस सर्जिकल माक्स, १० लिटर तेल, १० किलो पिठो, १० किलो नुन र २ दर्जन नुहाउने साबुन रहेको छ । खाद्यान्न प्राप्त गरेपछि बोल्दै गैसस महासँघका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले सबैको सहयोग र सहकार्यमा फुड बैंक अगाडी बढीरहेको भन्दै सेक्युरिटीजले सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए ।

काठमाण्डौ वालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगंज कार्यालयले प्रदेश न.ं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा काम गरिरहेको छ ।

प्रकाशित मितिः     १८ आश्विन २०७७, आईतवार २०:४०  |