नेपालगन्ज १८ असोज : मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध बुटवलमा आईतवार भएको आक्रमणको चौतर्फी निन्दा र भत्र्सना गरिएको छ ।
जायज ठाउँमा प्रदेश राजधानी कायम गर्ने निर्णय गरी प्रदेश सभामा निर्णयका लागि प्रस्ताव पेश गरेको बिरोधमा बुटवलमा भइरहेको आन्दोलनका क्रममा मुख्यमन्त्री माथि आक्रमण भएको हो । आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न युवा संघका केन्द्रीय सदस्य किशोर थापाले माग गरेका छन् ।
घटनाको भत्र्सना गर्दै थापाले सामाजिक सन्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै दोषी माथि कडाई कारवाही नगरे युवा संघ बाँकेले कारवाही गर्ने चेतावनी दिएका छन् ।