मुख्यमन्त्री माथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न युवा संघको माग, केन्द्रीय सदस्य थापा भन्छन्-अन्यथा हामी कारवाही गर्छौ


नेपालगन्ज १८ असोज :  मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध बुटवलमा आईतवार भएको आक्रमणको चौतर्फी निन्दा र भत्र्सना गरिएको छ ।

जायज ठाउँमा प्रदेश राजधानी कायम गर्ने निर्णय गरी प्रदेश सभामा निर्णयका लागि प्रस्ताव पेश गरेको बिरोधमा बुटवलमा भइरहेको आन्दोलनका क्रममा मुख्यमन्त्री माथि आक्रमण भएको हो । आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न युवा संघका केन्द्रीय सदस्य किशोर थापाले माग गरेका छन् ।


घटनाको भत्र्सना गर्दै थापाले सामाजिक सन्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै दोषी माथि कडाई कारवाही नगरे युवा संघ बाँकेले कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मितिः     १८ आश्विन २०७७, आईतवार २१:४९  |
error: Content is protected !!