नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त


काठमाडौं । नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । पौडेल एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि नबिल बैंकमा प्रवेश गरेका हुन् ।

शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो। शम्भुसँगै दयरामगोपाल अग्रवालको पनि चार बर्षे कार्यकाल पुरा भएर गत १७ गते बैंकबाट बिदा भइसकेका छन् ।

शम्भु पौडेले नबिलमा २०४२ सालदेखि अनवरत सञ्चलक समितिमा थिए।

प्रकाशित मितिः     २१ आश्विन २०७७, बुधबार ०६:४७  |