नेपालगन्ज : कानून व्यवसायी लोकबहादुर शाहको जीवन संघर्षको कथा सम्बधि पुस्तक निकाल्ने तयारी गरिएको छ ।
अधिवक्ता लोकबहादुर शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक हो, ‘चौकीदारदेखि वकिलसम्म ।’ सुदूरपश्चिमी पहाड अछामको गरिबी र दुःखले थिचेको विकट गाउँबाट उठेर शाहले फराकिलो क्षितिज पहिल्याउँदाको जीवन संघर्षको कथा पुस्तकमा उतारेका छन ।
अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिनु भएका अधिवक्ता शाहले मेलारुखको नेराप्राविबाट अध्ययन शुरु गरेका हुन ।
२०४६ सालमा एसएलसी पास गरेपछि सुर्खेतमा आइएल पढ्नु भएका शाहले त्यसपछिको पढाई नेपालगञ्जबाट गर्नुभयो । २०५१ सालमा नेपालगञ्ज पढ्न आएका शाह यहीको स्थायी बासिन्दा भए । एसएलसी पास भएपछि भारतको बम्बईमा दाजुहरुसँग चौकीदार गर्न गएको, नेपालगञ्जमा १८ वर्षको डेराको यात्रा, पहिलो बहस गर्दाको अवस्था, परिपक्व वकिल देखिन कालो कोट र जुँगा पालेका सम्झनाहरु कितावमा पढ्न पाइन्छन् ।
बराबरी मत आएपछि गोलाप्रथाबाट बारको अध्यक्ष हुनु भएका शाह गणित विषय छल्न कानुन बिषय पढ्नु भएको थियो । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले पुस्तकको सम्पादन गरेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताए ।