मेगा बैंकको सेयर लिलामी बिहीबार खुल्ने, कट अफ प्राइस कति होला ?


काठमाडौं । मेगा बैंकको सेयर लिलामी बिहीबार खुल्ने भएको छ । बैंकले सर्वसाधारण र संस्थापकको गरी १८ लाख ४० हजार ७३९ कित्ता सेयर प्रतिस्पर्धाबाट लिलामी गर्न लागेको हो ।

सेयर लिलामी बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । सेयर बाँडफाँट अनलाइन लाइभ गरिनेछ । सेयरको कट अफ प्राइस कति कायम होला भन्ने लगानीकर्ताको चासो छ ।

बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४ कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ कित्ता गरी १८ लाख ४० हजार ७३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

प्रकाशित मितिः     २८ आश्विन २०७७, बुधबार १४:४२  |