लाइसेन्स प्रिन्ट भए/नभएको यसरी लिनुस् जानकारी


काठमाडौं । लाइसेन्सको ट्रायल पास गरेका धेरै सवारी धनीहरु हाल स्मार्ट ड्राइभिङ लाइसेन्स कहिले आउछ भनेर पर्खिरहेका हुन्छन् । कहिले आउँछ र लाइसेन्स आए नअएको हेर्ने तरीका थाहा नपाउने समस्या पनि आउने गरेको छ ।

अहिले यातायात व्यवस्था विभागले अनलाइनबाटै आइसेन्स प्रिन्ट भए नभएको र कहाँ पठाइउको छ भन्ने बिषयमा जानकारी लिन सकिन्छ । यातायात कार्यालयमा यसको वारेमा जानकारी लिन चाहनेहरु बढिरहेका छन् ।
प्राय यातायात कार्यलयहरुले आफ्नो फेसबुक पेज ‘एकान्तकुना लाइसेन्स’ बाट यस सम्बन्धी जानकारी प्रदान गरिरहेका छन् ।

तर आफ्नो मोबाइलबाट म्यासेज पठाएर पनि ड्राइभिङ लाइसेन्सका लागि लिइएको लिखित परीक्षाको नतिजा र आफ्नो स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको हेर्न सकिन्छ । लिखित परीक्षाको नतिजा हेर्नका लागि अंग्रेजीमा डब्ल्युटी लेखेर स्पेस दिए पछि आफ्नो आवेदन दिने बेलाको दर्ता नम्बर लेखी ३१००३ मा एसएमएस गर्न सकिन्छ ।

त्यसैगरी स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि अंग्रेजी ठूलो अक्षरमा एलसी लेखी आवेदन दिदाको दर्ता नम्बर लेखेर ३१००३ मा एसएमएस गर्न सकिन्छ ।

त्यसैगरी यातायात कार्यालयको जततउकस्ररधधध।मयतm।नयख।लउरम्चष्खष्लनीष्अभलकभरक्भबचअजीष्अभलकभरुादअष्मि.क्ष्धब्च्द्दघघवगइप्ज्ञडःगढप्व्ख्ठशद्धयल्छ)बढमश्थ्द्दथधन्त्प्ज्खटजख्चघँढदचगकश्ग्ध्च्ण्ढल्उज्ः यो लिङ्कमा गएर आफ्नो नाम र लाइसेन्स नम्बर र मोबाइल नम्बर दर्ता गरेरपनि थाहापाउँन सकिन्छ ।

प्रकाशित मितिः     ३० आश्विन २०७७, शुक्रबार १४:०५  |