पारस खड्काले आफ्नो महिन्द्रा एक्सयूभी ३०० मा गरे सेरामिक कोटिङ


काठमाडौं – प्रसिद्ध क्रिकेट खेलाडी पारस खड्काले आफ्नो गाडी महिन्द्रा एक्सयूभी ३०० मा सेरामिक कोटिङ रिटच गरेका छन् । सेरामिक कोटिङले गाडीलाई बाहिरी वस्तु लाग्न वा कुच्चिनबाट बचाउछ ।

आफ्नो फेसबुक पेजमा तस्बिर सार्वजनिक गर्दै खड्काले ललितपुरको ज्वागलमा अवस्थित साइन एन्ड रिफ्लेक्टमा सो गाडीलाई सेरामिक कोटिङ गरेको बताएका छन् ।

पारस खड्का महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपका ब्रान्ड एम्बेसडर समेत हुन् । गत फागुन महिनामा खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै अग्नि ग्रुपले सो गाडी समेत हस्तान्तरण गरेको थियो ।

महिन्द्राको कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० ले ग्लोबल एनसीएपी (एनक्याप) द्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वा्धिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको छ ।

महिन्द्राको नयाँ एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बोचार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ ।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ ९अफ्सनल० चारवटा भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य न्यूनतम ३९ लाख ७५ हजारदेखि अधिकतम ५७ लाख २५ हजार रुपैयाँ रहेको छ । नया एक्सयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।

साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरका साथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।

एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षित गाडी बनेको छ ।

एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि ग्राहकको आवश्यकता पूरा गर्छ ।

प्रकाशित मितिः     ३० आश्विन २०७७, शुक्रबार १४:४६  |