प्रहरी दिवशमा बाँकेमा उत्कृष्ट प्रहरी पुरस्कृत, को -को परे ?


बाँके प्रहरीले जिल्ला भित्र कार्यरत रहेका उत्कृष्ट कार्य गर्ने १३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।

६५औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाईका विभिन्न १३ जना प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्य बरे बापत आज पुरस्कृत गरिएको हो ।

प्रहरी नायव उपरीक्षक सुवास खड्का, प्रहरी निरीक्षक हृदेश कुमार सापकोटा, प्रहरी नायव उपरीक्षक माधव प्रसाद रिजाल, प्रहरी सहायक निरीक्षक युवराज खड्का, प्रहरी हवल्दार नन्दा घर्ती, प्रहरी हवल्दार धनबहादुर गिरी, प्रहरी हवल्दार नवराज बम, प्रहरी जवानहरु दिपेन्द्र एमसी, पदमबहादुर सिजापती, सुरेन्द्र चौधरी, मोहन नगरकोटी, बिष्णु बहादुर बस्नेत र सुजन बाबु दाहाललाई आज पुरस्कृत गरिएको हो ।


प्रहरी दिवस समारोहका प्रमुख अतिथि बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले संयुक्त रुपमा उनिहरुलाई पुरस्कृत गरेका थिए ।

 

प्रकाशित मितिः     3:53:00 PM  |