दसैंमा बाइक लिएर गाउँ जाँदै हुनुुहुन्छ ? यी पार्टस् चेक गराएरमात्रै यात्रा गर्नुस्


नेपालीहरूको महान चाड दसैं सबैको घर आँगनमा आइसकेको छ भने दोस्रो चाड तिहार नजिकिँदै छ । दसैंैंमा घर जानेहरुको संख्या सार्वजनिक सवारीमा भन्दा आफ्नै साधनमा काठमाडौं बाहिरी जानेको संख्या अत्याधिक हुने गरेको छ । अझ अहिले कोरोना संक्रमणको त्रासका कारण सार्वजनिक सवारीमा यात्रुको चाप छैन । जसको कारण दुईपाङ्ग्रे सवारीमा सबैको ध्यान केन्द्रित हुने गरेको छ ।

दुईपांग्रे सवारीमा यतिवेला दसैं मनाउन लामोदूरी यात्रा गर्दा धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ । लोमोदूरीमा बाइक चलाएर जाँदा महत्वपूर्ण पार्टस्को ख्याल नगर्दा बीचबाटोमै अलपत्र पर्ने र दुःख पाउने अवस्था पनि आउने गरेको छ । त्यसैकारण पनि बाइकमा लामोदूरीको यात्रा गर्दा बाइकका के–के पार्टस्मा ध्यान दिने भन्ने विषयमा चर्चा गर्ने छौं ।

ब्रेक

मोटरसाइकल चलाउँदा राइडरका लागि एक महत्वपूर्ण पार्टस् हो ब्रेक । पछिल्लो समय नेपाल तथा विश्वबजारमा विभिन्न फिचरका ब्रोकिङ सिस्टम आइसकेको छ । तर, नेपालमा ड्रम, डिक्स ब्रोकिङ प्रणाली अपनाइने गरेको छ । जुनब्रेकलाई सहयोग पुर्याउन धेरै मोटरसाइकलमा सीबीए र एबीएस जस्ता फिचरहरू आउन थालेका छन् । लामोदूरीको यात्रा गर्दा आफ्नो मोटरसाइकलको ब्रोकलाई समय–समयमा परीक्षण तथा टाइट गर्नुपर्छ ।

चेन

खासगरी दुईवटा स्पोर्केटलाई जोडेर इन्जिन घुमाउन प्रयोग हुने चेन मोटरसाइकलको अभिन्न अङ्ग हो । चेनबिना बाइक चल्दैन । राइडरले यात्रा गर्दा बाइकको चेनलाई ध्यान नदिँदा ठूलो दुर्घटना पनि हुने गरेको छ भने गुड्दा–गुड्दै चेन खस्ने समस्या पनि आउँछ । त्यसैले वर्कसपमा गएर अथवा आफंैले पनि बाइकको चेन परीक्षण र सफा गर्नुपर्छ । खासगरी लामोदूरीमा यात्रा गर्दा चेनमा मोबिल प्रयोग गर्नुपर्छ ।

टायर

लामो यात्रामा निस्किएको समयमा टायरलाई बढी ध्यान दिनुपर्छ । बाहिरी आँखाले टायरको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । विशेषतः नेपालको बाटो खराब हुने भएकाले टायरको ग्रिपमा विशेष ध्यान दिनुपर्छ । यदि टायरमा राम्रो ग्रिप छैन भने त्यसलाई तत्कालै परिवर्तन गर्नुपर्छ । यस्तै एयर प्रेसर पनि समय–सयममा चेक गर्नुपर्छ ।

ब्याट्री

ब्याट्री अन्य पार्टस जस्तै नियमित परीक्षण गर्नु नपर्ने भए पनि यसलाई कम्तीमा महिनामा एक पटक परीक्षण गर्नुपर्छ । ब्याट्रीको सहयोगले नै मोटरसाइकलको कन्सोलले काम गर्ने, इलेक्ट्रिक स्टार्ट गर्ने जस्ता काम गर्ने हुँदा ब्याट्रीलाई दुरुस्त राख्नुपर्ने हुन्छ । यसका अलावा मोटरसाइकलमा कल्च, डिस्क प्याड, हेल लाइट, थ्रोटल जस्ता पार्टस आफंैले बेला–बेला चेक गर्न सकिन्छ भने आवश्यक परेमा चाँडै वर्कसपमा लगेर मर्मत गर्नुपर्ने हुन्छ ।

इन्धन र मोबिल

मोटरसाइकल चल्न प्रयोग हुने इन्धन गुणस्तरीय हुनु जरुरी छ । नेपालमा इन्धनको गुणस्तर मापन गर्ने संयन्त्रनै नभए पनि बाइक कम्पनी अनुसारकै मोबिलहरू राखिएका हुन्छन् । कम्पनीकै सल्लाहअनुसार मोबिल प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले पेट्रोल हाल्दा निकै सजकता अपनाउनु पर्ने हुन्छ ।

यदि मोबिल सुकेको वा त्यसमा हुने चिल्लो पदार्थ हराएको अवस्थामा इन्जिन नै सिज हुन सक्ने खतरा रहन्छ । त्यसैले मोबिलको प्रयोग सकेसम्म छिटो गरेकै राम्रो । अझ लामोदूरीको यात्रा गर्दा मोबिल फेरेरै जानु उचित हुन्छ ।

क्लच प्लेट

खासगरी बाइक चलाउँदा राइडरहरूको गुनासो क्लच प्लेटमै हुन्छ । प्रायः क्लचको प्रयोगलाई र सुरक्षाको विषयमा ज्ञान नहुँदा क्लच प्लेट बिग्रिएर बाटोमै अलपत्र पनि परिन्छ । सवारी साधनमा प्रयोग हुने क्लच निकै महँगो मध्यको एक पाट्स हो । क्लच प्लेटको मुख्य काम इन्जिन र पांग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो ।

हेवी ट्राफिक जाममा धेरै चलउनु पर्दा क्लज प्लेट धेरै बिग्रने गर्छ । जति धेरै क्लचको प्रयोग गर्यो त्यतिनै क्लचमा समस्या आउँछ । बाइक चलाउँदा पटक–पटक क्लचप्लेट गएर हैरान हुनुहुन्छ भने क्लचप्लेट परिवर्तन गरेरै जानु उचित हुन्छ ।

प्रकाशित मितिः     २ कार्तिक २०७७, आईतवार १६:३७  |