चाडपर्वमा सांसदलाई भत्ता खारेज गर्न जसपाको माग, आफ्ना सांसदलाई फिर्ता गर्न लगाउने


नेपालगन्ज ३ कात्र्तिक :  आज शुरुभएको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणीको दोश्रो बैठकले कोविड-१९ को महामारीमा भेन्टिलेटर किन्न रकम छुट्याउन तयार नभएको सरकारले चाडपर्वका भत्ता चहि छुट्याएकोमा सो निर्णय खारेज गर्न माग गरेको छ।

सरकारले खारेज नगरे जसपा सांसदहरूले सो रकम फिर्ता गर्ने निर्णय बैठकले गरेको जसपाका बरिष्ठ नेता अशोक राईको भनाई उद्धित गर्दै नेता एवं पूर्वमन्त्री मोहमद ईस्तियाक राईले बताए ।


त्यसै गरी संबिधान र जनस्वास्थ्य ऐनको व्यबस्था बिरुद्ध सरकारले निशुल्क स्वास्थ्य सेवा दिनु पर्नेमा कोविड -१९ नियन्त्रण र उपचार बाट पछि हट्ने गैर जिम्मेवार र असम्वेदनसिल काम गर्न थालेकोमा निन्दा गर्दै पुर्ण जिम्मेवारी बोक्न माग गरेको छ।

प्रकाशित मितिः     ३ कार्तिक २०७७, सोमबार २०:२२  |
error: Content is protected !!