कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)


कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो।


सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ। यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको हो।

प्रकाशित मितिः     ५ कार्तिक २०७७, बुधबार १६:३३  |
error: Content is protected !!