कस्तो मासु खान हुन्छ ?


दसैंमा नयाँ कपडा लगाउने, मिठो खाने, मान्यजनको आशीर्वाद लिने परम्परा छ।

खानेकुराको मामिलामा दसैं खसी काट्ने परम्परा नै हो भन्दा फरक पर्दैन। यो समयमा सक्नेले सिंगै खसी र नसक्नेले अर्को परिवारसँग मिलेर भए पनि खसी काटेर मासु जोहो गर्छन्।

घरमा खसी काट्दा धेरै परिमाणमा मासु स्टोर गरेर राख्न नजान्दा मासु बिग्रन सक्छ र त्यो मासुले हाम्रो शरीरमा फाइदाको सट्टा बेफाइदा पुर्‍याउँछ।

त्यस्तै राम्रै मासु पनि राम्रोसँग प्रयोग गर्न नजान्दा त्यसबाट पाउन सक्ने पौष्टिक तत्व प्राप्त गर्न सकिँदैन।

मासुबाट १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। त्यस्तै यसमा भिटामिन बी, जिंक, पोटासियमजस्ता तत्वहरू पनि पाउन सकिन्छ।

यस्तो गुणकारी चिजमा हामीले सानो लापरबाहीले गर्‍यौं भने उत्तिकै हानिकारक हुन्छ भन्नेमा दुईमत छैन।

त्यस्तै मासु काट्ने ठाउँ सफासुग्धर नभए यसले विभिन्न सरुवा रोग समेत निम्त्याउने चिकित्सकहरू बताउँछन्। सानोतिनो कुरामा ध्यान नदिनाले चाडवाडको लगत्तै अस्पतालमा बिरामीको चाप बढ्ने गरेको जानकारहरू बताउँछन्। यो समयमा धेरैजसो ुफुड प्वाइजनुका बिमारी आउने चिकित्सकहरूको अनुभव छ।

सही तरीकाले मासु पकाउन, खान, स्टोर गर्न र सरसफाईमा ध्यान दिन नजान्दा मासुले हाम्रो शरीरमा नराम्रो असर पार्न सक्छ।

कस्तो मासु खाँदा रोग लाग्छ ?

– सडेगलेको मासु

– नपाकेको, काँचो तथा पोलेको कालो मासु

– मासु राखेको फ्रिज चलेन भने वा धेरै बेर फ्रिज बाहिर राखेको मासु खाएमा

– जनावर काट्ने बित्तिकै तत्काल पकाएर खाएमा

– बिरामी पशुपन्छीको मासु

– मासु पकाउने व्यक्ति नै स्वस्थ छैन भने

– मासु काट्ने हतियार, अचानो, स्थान सफा नभएमा

यसरी छान्नुस् स्वस्थ्य मासुः

– मासु हलुका गुलाबी, हरियो तथा प्याजी रङको भए त्यस्तो मासु खानु हुँदैन।

–अमिलो र बिग्रिएको जस्तो गन्ध आएको मासु खानु हुँदैन।

– मासु फ्रिजमा छोपेर राख्नुपर्छ र फ्रिज चालु अवस्थामा छ कि छैन याद गर्नुपर्छ।

– मासु समाउँदा वा काट्दा तन्केको जस्तो हुनु हुँदैन।

– तराजु, मासु काट्ने मानिस, लगाएको कपडा, हतियार, मासु काट्ने स्थान आदि सफा छ कि छैन, याद गर्ने।

कस्तो मासु नखानेरु

–फ्रिजमा धेरै समय राखेको मासु नखाने

–खुला ठाँउमा राखेको नखाने

–काँचो मासु नखाने

–मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखाने

–धेरै मसला तथा चिल्लो भएको मासु नखाने

– बोसो तथा छालाको सकेसम्म प्रयोग नगर्ने

दसैंमा समयमा विशेष ध्यान दिनुपर्ने कुराः

– खसी किन्नुभन्दा पहिले स्वस्थ्य छ कि छैन भनेर जाँच्ने।

–मासु नै किनेर ल्याउने भए विश्वासिलो पसलबाट मात्र ल्याउने।

– मासु काट्ने र पकाउने ठाउँको सरसफाइमा विशेष ध्यान दिने।

– मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार नखाने

–मासु खाँदा अधिकतम सागसब्जी, सलाद आदि पनि खाने

– धेरै मासु नखाने

– नियमित व्यायाम तथा कसरत गर्ने

– आफू स्वस्थ नभएको जस्तो महसुुस भएमा माछा–मासु नखाने

प्रकाशित मितिः     ६ कार्तिक २०७७, बिहीबार १२:२३  |