नामुद जुवाडे समातेपछि बाँकेका सिडिओ-बाँकेमा महाभारतकालको झल्को दिने जुवा बन्द हुन्छ


नेपालगन्ज १३ कात्र्तिक । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा रहेको एक घरमा छापा मारी उन्नितस लाख बढि रुपियाँ सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

नामुद जुवाडे पक्राउ परेपछि बाँकेका सिडिओ रामबहादुर कुरुम्बागंले महाभारतकालको झझल्को दिने जुवा अब बन्द हुने बताएका छन् । बाँकेमा महाभारतकालको झल्को दिने जुवा हिजोको प्रहरी अपरेसन पछि बन्द हुने अपेक्षा गरिएको उनले बताए ।

स्थानीय कृष्णप्रसाद सुवेदीको घरमा जुवातास भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले २९ लाख ४८ हजार ७०० रुपियाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा नेपालगञ्जका प्रतिष्ठित ब्यवसायसी समेत रहेका छन् ।

नेपालगञ्ज १ का रहमान मिया, ४ का सन्तोष थापा, पब्लु भण्डारी,सन्तोष वली, तरुण गौतम, नविन घिमिरे, कृष्णवहादुर सुवेदी, ६ का मेघनाथ कुचबन्दिया, १० का टोपवहादुर शाही, ७ का रविन राणालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुबास खड्काले पक्राउ परेका ब्यक्तिहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने जानकारी दिए ।

प्रकाशित मितिः     १३ कार्तिक २०७७, बिहीबार १४:०३  |