महासंघमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान समूहको उम्मेदवारी दर्ता


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी दर्ताको घोषणा गरेका छन्। राजधानीको भिभान्त होटलमा सोमबार कार्यक्रम गर्दै प्रधान र उनको समूहले उम्मेदवारी दर्ताको घोषणा गरेको हो।

२८ वर्षदेखि म उद्योग वाणिज्य क्षेत्रमामा काम गरिरहेको छु। मैले यो संस्थालाई मन्दिर सम्झेको छु। अब म पुजारी बनेर पूजा गर्न चाहन्छु,ु उनले घोषणा कार्यक्रममा भने, -सबै व्यबसायीको समस्या समाधान गर्न मेरो समूह सक्षम छ।
प्रधानलाई अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको साथ छ। घोषणा कार्यक्रममा गोल्छाले इतिहासकै कठिन अवस्थामा आफूले नेतृत्व सम्हान लागेको बताउँदै भने-महासंघमा राजनीतिको क्यान्सर छ। अब त्यो निकाल्नु पर्छ। महासंघमा जसको केही काम छैन उसलाई निकाल्नु पर्छ। उसको भूमिकालाई अब शून्यमा झार्नु पर्छ।

उनले आफ्नो भिजन बनाइसकेको बताउँदै अब राजनीति होइन काम गर्ने बताए।

कार्याक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले सबै उम्मेदवारलाई शुभकामना दिए। कोरोनाबाट सुरक्षित हुँदै चुनाव सम्पन्न गर्नुपर्ने उनले बताए।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दर्ताको घोषणा गरेका छन्।

यसअघि अर्का वरिष्ठ उपाध्यक्षका आकांक्षी चन्द्र ढकाल र उनको समूहले उम्मेदवारी दर्ता गराएको थियो। महासंघ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने ब्यवस्था छ। त्यही भएर वरिष्ठ उपाध्यक्षमा चर्को प्रतिस्पर्धा हुन्छ।

प्रकाशित मितिः     १७ कार्तिक २०७७, सोमबार १३:२१  |