त्यागी नेता सुरेन्द्र हमाललाई प्रमुख सचेतकबाट हटायो नेपाली काँग्रेसले


बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ ९१० को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमाललाई हटाएर रुपन्देही ५ ९२० बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् ।

खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए ।


पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेसको दावी छ । राजधानीका विषयमा गृहजिल्लाका जनताको पक्षमा लागेकै कारण उनलाई हटाइएको हो ।

 

प्रकाशित मितिः     १८ कार्तिक २०७७, मंगलवार १६:२७  |
error: Content is protected !!