कोहलपुरमा १३ नम्बर वडामा राहत वितरण


नेपालगन्ज :  कोहलपुर नगरपालिका वडा नम्बर १३ मा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ ।

केयर नेपालको सहयोग र बिग्रुपको समन्वयमा कोहलपुर वडा नम्बरका १३ का अति बिपन्न गरिब १ सय घरपरिवारलाई राहत बितरण गरिएको हो ।

प्रती घरधुरी चामल ३० किलो, दाल ३ किलो, नुन १ किलो, तेल २ लिटर, चिनी २ किलो, र हात धुने साबुन ४ पिस गरि राहत बितरण गरिएको वडा अध्यक्ष ओम प्रकाश ओलीले बताए ।

यस्तै कोहलपुर नगरपालिका भित्र रहेको १५ वटै वडाका अति बिपन्न गरिब र कोरोना का कारण प्रभावित परिवारलाई राहत बितरण गर्न लागिएको बि ग्रुपका सामाजिक परिचालक देबेन्द्र बिसीले बताए ।

उक्त कार्यक्रममा वडाका सम्पुर्ण जनप्रतिनिधि, टोल बिकास समितिका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     १९ कार्तिक २०७७, बुधबार १५:१५  |