बैजनाथ गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको वीउ दियो


नेपालगन्ज :  बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाका कृषकलाई पचास प्रतिशत अनुदानमा गहुँको बिउँ वितरण गरेको छ ।

चालु सिजनमा कृषकलाई अनुदानमा बिउँ वितरण गरेपछि कृषक खुसी भएका छन् भने पालकामा गहुँको उत्पादन बृद्धि हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालका अनुसार, १ सय ६४ कुईण्टल गहुँको विउ कृषकलाई वितरण गरिएको छ ।

एकजनालाई कम्तिमा १३ किलो पर्ने गरी बिउँ वितरण गरिएको हो ।

पछिल्लो समयमा गहुँको बिउँ नराख्ने चलन बढ्दै गएको थियो ।

बिउँ नहुँदा गहुँ उत्पादनमै समस्या हुने गरेको कृषकहरु बताउँछन् । यस्तो समस्या झेलेका कृषकलाई गाउँपालिकाले बिउँ उपलब्ध गराएपछि राहत महसुस गरेका छन् ।

प्रकाशित मितिः     २० कार्तिक २०७७, बिहीबार १८:३२  |