पुष्कर शाह नेतृत्वको साईक्लिष्टहरु नेपालगन्जमा आउँदै, मेरो प्लानेटले स्वागत गर्ने


नेपालगन्ज :  नेपाल साइकल जात्रा मा निस्केको १७ सदस्यीय साइकल यात्रीहरुको समुह आज नेपालगन्ज आइपुग्ने नेपालगन्ज साइक्लिङ्ग क्लब का सदस्य तथा साइकल अभियन्ता सतिश निरौलाले जानकारी दिनुभयो ।

बिश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह को नेतृत्व मा महाकाली को दोधाराचादनी पुलबाट यात्रा शुरु गरेको साइक्लिस्टहरु को टिमलाई नेपालगन्ज साइक्लिङ्ग क्लब सङ्ग को सहकार्य मा नेपालगन्ज मा भर्खरै मात्र सन्चालन मा आएको मेरोप्लानेट फनपार्कले आतिथ्यता गर्न लागेको मेरो प्लानेट का संचालक डा ओम प्रकाश मिश्राले जानकारी दिनुभएको छ।


एकदिन नेपालगन्ज बसेर साइकल यात्रीहरुको टिम शनिबार बिहान् दाङको लागी प्रस्थान गर्ने नेपालगन्ज साइक्लिङ्ग क्लब का वरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठले जानकारी दिनुभयो।

नेपालगन्ज आएको साइकल यात्रीहरुलाइ नेपालगन्ज सिटि सफारी, बागेश्वरी मन्दिर, जुङ्गे महादेव लगायत का स्थान घुमाइने नेपालगन्ज साइक्लिङ्ग क्लब का उपाध्यक्ष रमेश मल्लले बताउनुभयो।टिम लिडर बिश्व साइकल यात्री पुष्कर शाह का अनुसार आन्तरिक पर्यटन पर्बर्धन नै मुख्य उधेश्य ले नै नेपाल साइकल फेस्टिबल को आयोजना गरिएको हो

प्रकाशित मितिः     २१ कार्तिक २०७७, शुक्रबार ०८:४८  |
error: Content is protected !!