हाम्रो सिभिल सहकारीको साधारणसभा सम्पन्न, बनायो यस्तो योजना


नेपालगन्ज :  हाम्रो सिभिल कृषि सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन भएको छ ।

संस्थाका अध्यक्ष डिल्ली राज रेग्मीले गरेको साधारणसभामा प्रमुख अतिथि पायनियर बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष शशि श्ंवार, नगर सहकारी संजालका सचिब बिष्णु खनाल, तिनाउ मिसन डेभलपमेन्ट बैकका संचालक विपिन पौडेल, शुद्ध गोरश दुग्ध सहकारी संस्थाका अध्यक्ष टेक राज जैसी, संस्थाका सदस्य पशुपक्षिं विज्ञ जनक राम भण्डारी, वागवानी विज्ञ धन बहादुर पुन लगाएतका सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा पायनियर साकोसका अध्यक्ष श्ंवारले हाम्रो सिभिल कृषि सहकारी संस्था लिले गर्ने कृषि क्षेत्रको कार्यमा सहकार्य र सहयोग रहने कुरा ब्यक्त गरिन । त्यस्तै शुद्ध गोरश दुग्ध सहकारी संस्थाका अध्यक्ष टेक राज जैसीले गाई तथा भैषि पालक किसानलाई कसरी लाभान्वीत बनाउँन सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने कुरा ब्यक्त गरे ।

तिनाउ मिसन डेभलपमेन्ट बैकका संचालक विपिन पौडेलले बैकले कृषि क्षेत्रमा गर्ने लगानीमा किसानलाई कसरी लाभान्वीत गर्न सकिन्छ त्यसमा सहकार्य गर्न तयार रहेको कुरा जानकारी गराए । नगर सहकारी संजालका सचिब बिष्णु खनालले सहकारी प्रतिष्प्रधि नभई सेवामुखि र किसान मुखी हुनु पर्ने कुरा ब्यक्त गरे ।

संस्थाका अध्यक्ष रेग्मीले संस्थाको उद्देश्य पृ्रा गर्न र संस्थालाई अगाडि बढाई आर्थिक अभिबृद्धि गरी संस्थालाई अगाडि बढाउनका लागि हामी सबैको सक्रिय रुपमा अगाडि बढ्नै पर्छ । यसर्थ आज सम्म भैआयका कामको मृ्ल्याङ्कन गर्दै सदस्यहरुको गहिरो पहिचानलाई ध्यानमा राख्दै निम्न अनृ्सार गर्ने निति लिएको छ ।

आगामी योजना :
१. बचत संकलन र कर्जा लगानीः यस संस्थाले कुल कारोवारको ३० प्रतिसत सम्म अन्य बचत तथा ऋणको कारोवार गर्न सक्ने भएकोले आ.ब. २०७७÷०७८ मा सदस्यहरुबाट रु ५०,००,०००।– सम्म बचत संकलन गर्ने र कृषि संग सम्बन्धीत कार्य गर्ने सदस्यहरुलाई कृषि कर्जा लगानी गर्ने योजना लिएको छ ।
२. पशुपंक्षीको दाना बिक्रिः यस संस्थाले हालको प्रारम्भिक अध्ययन अनुसार दानाको बिक्रि वितरण गरीरहेको मा आगामी दिनमा सक्रियताका साथ पशुपंक्षिको दाना बिक्रि वितरण गर्ने योजना रहेको छ ।
३. विउँ विजन तथा मल बिक्रिः विउँ विजन उत्पादन र बिक्रि तथा मल बिक्रिको लागि चाहिने अधिकार, खास गरी रासायनिक मलको आपुर्ति विवरणको लागि विक्रेताको प्रमाण पत्र दर्ता गरी आबश्यक प्रक्रिया अगाडि बढाई सकेकोले आगामी दिनमा मल विउँको बिक्रि वितरणको कार्य गर्ने योजना रहेको छ ।
४. हाट बजार व्यवस्थापनः नेपाल सरकारका विभिन्न निकाय संग समन्वय गरी लागत साझदारीमा वा संस्था आफैले, कुनै सम्भाब्य स्थानको छनौट गरी, सम्भाब्यता अध्ययन गरी कार्य प्रारम्भ गरिने छ ।
५. दुग्धडेरी संचालनः किसान संग प्रत्यक्ष जोडिने माध्यम, पालन र दुग्ध पदार्थको खरिद भएकोले दुग्धडेरीको संम्भाब्यता अध्ययन गरी आबश्यकता अनुसार निर्णय गरिने छ ।
६. पशुपंक्षी पालनः पशु तथा पंक्षीको पालनमा किसानहरुलाई तालिम तथा कर्जा सहजिकरण गरी पशुपालन तथा पंक्षी पालनलाई सहयोग गर्ने योजना रहेको छ ।
७. आधुनिक तरकारी खेतिः अर्गानिक वा कम विषाधि प्रयोग गरेका तरकारी तथा तरकारी जन्य बस्तुको आधुनिक तरीकाले उत्पादनमा प्रोत्साहन तथा सहयोग एंव मोडल फारमको विकास गर्ने ।
८. शोरुमको स्थापनाः संस्थाको क्षमता अनुसार एक बिक्रि कक्ष (शोरुम) को स्थापना र संचालन गर्ने  योजना रहेको छ ।

कार्यक्रमकोबारेमा जानकारी संस्थाका व्यवस्थापक  कौशिला सुनारले जानकारी गराए ।

प्रकाशित मितिः     २३ कार्तिक २०७७, आईतवार ०७:३३  |