गुर्भाकोटका मेयर हस्त पुनद्धारा शसस्त्र प्रहरीको तालिम केन्द्रको भवन शिलान्यास


नेपालगन्ज :  गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले शसस्त्र प्रहरी वलको तालिम केन्द्रको भवन शिलान्यास गरेका छन् ।

गुर्भाकोट नगरपालिका वडा नं‍. १० र ११ को विच भागमा अवस्थित भलायदमारमा शसस्त्र प्रहरी वलको तालिम केन्द्र बन्दै छ ।

उक्त तालिम केन्द्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका क्रममा भवनको शिलान्यास गरिएको हो ।


भवन शिलान्यास गर्दै मेयर पुनले सशस्त्र प्रहरीको तालिम केन्द्र संचालनले गुर्भाकोटको सुरक्षा लगायतका क्षेत्रका ठूलो टेवा पुग्ने बताए ।

सो अवसरमा बोल्दै मेयर पुनले तालिम केन्द्रको पूर्वाधार निर्माणका लागि कुनै कसर बाँकी नराख्ने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मितिः     २५ कार्तिक २०७७, मंगलवार १८:१४  |
error: Content is protected !!