यूथभिजन क्लवद्धारा आयोजित डवल्स् ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


नेपालगन्ज :  नेपालगन्ज यूथभिजन क्लवको आयोजनामा मंगलवारदेखि नेपालगन्जमा सन्चालन भएको दिपावली बिशेष डवल्स् ब्याण्डमिन्टन प्रतियोगितामा कृष्ण सलामी मगर र रविन्द्र मल्ल बिजयी भएका छन् ।

बुधवार सम्पन्न फाईनल प्रतियोगितामा तरुण बज्राचार्य, कैलाश राई द्धितीय र यज्ञराज जोशी र सुमित चन्द तृतीय भएका थिए । अभि खनालको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज नगर शिक्षा शाखाका गोरखबहादुर थापा थिए ।

त्यस्तै नगर प्याब्सनका सचिव एवं जिभिएन कलेजका प्रिन्सिपल मानबहादुर थापा र क्षेत्रीय खेल प्रशिक्षक जयन्त श्रेष्ठ लगायतको सहभागिता भएको क्लवका सचिव खुमलाल शर्माले बताए ।

प्रकाशित मितिः     २६ कार्तिक २०७७, बुधबार २०:११  |