वनकटुवामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा


नेपालगन्ज :  सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थितिमा उद्घाटन भएको थियो ।

सोही समारोहमा प्रमुख अतिथि थारुले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द« कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक अनिल बजा्रचार्य र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रकाशित मितिः     २८ कार्तिक २०७७, शुक्रबार १०:५०  |