राष्ट्र बैंकद्धारा पहिलो पटक सञ्चार नीति तर्जुमा


काठमाडौं। नेपाल राष्ट्र बैंकले पहिलो पटक सञ्चार नीति तर्जुमा गरेको छ। अन्तिम चरणमा पुगेको सुञ्चार नीतिमा फेसबुक, ट्विटर, युट्युवलगायत सामाजिक सञ्जालमार्फत कसरी सूचना सार्वजनिक गर्नेसम्मका ब्यवस्थाहरु समेटिएका छन्।

यो हाम्रो आन्तरिक प्रयोजनका लागि हो। अन्तिम चरणमा पुगिसकेको छ। केही समयमै हामी यो कार्यान्वयन गर्ने छौुं गभर्नर कार्यालयका एक अधिकारीले भने, त्यसपछि सूचना संप्रेषणमा एकरुपता आउने छ।

विश्वका अधिकांस देशका केन्द्रीय बैंकको आफ्नो छुट्टै लिखित सञ्चार नीति छ। भारत, बंगलादेशलगायत छिमेकी देशका केन्द्रिय बैंकले अधिकांस सूचना फेसबुक, ट्विटरबाटै संप्रेषण गर्दै आएका छन्।

राष्ट्र बैंकमा अहिले सञ्चार महाशाखा छ। यो गभर्नर कार्यालयअन्तर्गत छ। यसबाहेक प्रबक्ता र सहायक प्रवक्ताको पनि ब्यवस्था गरिएको छ। अब प्रवक्ता र सूचना अधिकारीको ब्यवस्था हुने छ।


सूचनाको हकअन्तर्गतका सूचना कसरी संप्रेषण गर्ने, कार्यालयको प्रतिनिधित्व गर्दै सञ्चार माध्यमसँग को को बोल्न पाउनेरु कस्ता सूचना कुन माध्यमबाट दिनेलगायतका बिषय सञ्चार नीतिमा समेटिएको ती अधिकारीले जानकारी दिए।

राष्ट्र बैंकले अहिले औपचारिक रुपमा बोल्ने जिम्मा प्रवक्ता ९तोकिएको कार्यकारी निर्देशक र त्यसमाथिका डेपुटी गभर्नर र गभर्नरलाई मात्र दिएको छ। अब कार्यकारी निर्देशकहरुले पनि आफ्नो विभागसँग सम्बन्धित जानकारीका बारेमा सञ्चार माध्यमलाई अवगत गराउन पाउने छन्।

फरक विभागका मान्छे प्रवक्ता हुँदा सबै सूचना दूरुस्त जान्छ भन्ने हुँदैनु ती अधिकारीले भने, -यसले कतिपय अवस्थामा मिसलिड गर्छ। त्यसैले बिषयगत बोल्नका लागि सम्बन्धि विभागका कार्यकारी निर्देशकले पनि औपचारिक रुपमा बोल्न पाउने छन्।

प्रकाशित मितिः     9:40:40 AM  |