उद्योग वाणिज्य संघका उपाध्यक्ष अमित बस्नेतद्वारा प्लाज्मा दान


नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अमित बस्नेतले कोरोनाका गम्भीर बिरामीको उपचारका लागि सोमबार रगत (प्लाज्मा) दान गरेका छन ।

गत असोज १५ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनि २५ दिनसम्म होम आइसोलेसनमा बसेका थिए । तत्पश्चात कोरोना जाँच गराउँदा नेगेटिभ रिपोर्ट आएपछि गत कात्तिक १३ गते २८औं दिनमा उनि डिस्चार्ज भएका थिए ।

आफू कोरोना संक्रमित भएर निको भै अरु गम्भीर कोरोनाका संक्रमित बिरामीलाई उपचारका लागि रगत (प्लाज्मा) दान गर्न पाउँदा खुशी भएको बताए । बस्नेतले कोरोना संक्रमित भएर निको भएको २८औं दिन बिताइसकेका सबै जनालाई प्लाज्मा दान गर्न पनि आग्रह गरेका छन ।

बाँकेमा हालसम्म ५३ जना कोरोना मुक्त भएका व्यक्तिहरुले रगत (प्लाज्मा) दान गरिसकेका छन । प्लाज्मा बिधिबाट उपचार पाएका ६३ प्रतिशत कोरोनाका गम्भीर बिरामीहरु निको भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मितिः     ८ मंसिर २०७७, सोमबार १४:३२  |