शिव शिखर सहकारीले नेपालगन्जमा खोल्यो गार्डेन मार्ट खोल्दै, सबै कर्मचारी महिला


नेपालगन्ज २० मंसिर :  शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज ‘गार्डेन मार्ट डिमार्टमेन्ट स्टोर’ संचालन गर्ने भएको छ ।

देशैभरी गार्डेन मार्ट स्टोर संचालनमा ल्याएको सहकारीले बाँकेको नेपालगन्जमा समेत उक्त सेवा सुरु गर्न लागेको हो ।

सहकारीको सेवा केन्द्र र गार्डेन मार्ट स्टोर संचालनकालागि सहकारीले नेपालगन्जको न्युरोडमा आफ्नै घर खरीद गरेको जनाएको छ । काठमाण्डौं तथा बाँकेको कोहलपुरका साथै देशैभरी १५ ठाँउमा सेवा केन्द्र स्थापना गरेको सहकारीले नेपालगन्जमा समेत आफ्नो सेवा विस्तार गर्न लागेको हो ।

भक्तपुरको कैलाशटारमा प्रधान कार्यालय रहेको सहकारीले काठमाण्डौंको बागबजार, न्युरोड, मंगलबजार, किर्तिपुर, महाराजगञ्ज, भक्तपुरको सल्लाघारी, कमल विनायक, धनगढी, डडेलधुरा, नारायणघाट, पोखरा, तुलसीपुर, अत्तरीया र कोहलपुरमा सेवा केन्द्र संचालन गरीसकेको छ ।

यसका अलावा सुर्खेत, बर्दिया, दैलेख, बागलुङ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, लमजुङ्ग, गोर्खा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम र ईलाममा समेत सेवा केन्द्र संचालनको तयारीमा रहेको सहकारीले जनाएको छ ।

कोहकलपुरमा विगत ६ वर्षदेखी सहकारीको सेवा केन्द्र संचालनमा रहँदै आएको छ ।

पछिल्लो समय महिलाहरुले मात्र संचालन गर्दै आईरहेको उक्त सेवा केन्द्रबाट ३१ जना कर्मचारीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन भने १० हजार सदस्य सहकारीमा आवद्ध भएको कोहलपुर सेवा केन्द्रकी ब्यवस्थापक राज कुमारी शाही बताउँछिन ।

शाहीका अनुसार सहकारीले देशभर पाँच हजार जनशक्तिलाई प्रत्यक्ष रुपमा रोजगार उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः     २० मंसिर २०७७, शनिबार ०६:५९  |