प्रधानमन्त्रीले आज तीन बजे देशवासीका नाममा सम्बोधन गर्दै


प्रधानमन्त्री केपी ओलीले आज सोमबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

संसद विघटनसहित पछिल्ला राजनीतिक अवस्थाका बारेमा र तोकिएको निर्वाचनका बारेमा देशवासीलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाले टेलिभिजन र रेडियो मार्फत दिउँसो ३ बजे सम्बोधन हुने जानकारी दिए ।

प्रकाशित मितिः     ६ पुष २०७७, सोमबार १३:००  |