यस्तो छ यामाहाको मोटरसाइकल र स्कुटरको मूल्य


विश्वब्यापी कोरोना महामारी पछि नेपालमा निजी सवारीसाधन किन्नेको संङ्ख्या बढ्दो छ।

निजी मध्ये पनि मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या अधिक रहेको सवारी साधन विक्रेताहरु बताउँछन्।

सस्तो मूल्य र ट्राफिक जामको कारण घरमा चारपांग्रे सवारी साधन हुनेहरुले पनि एउटा स्कुटर वा मोटरसाइकल राख्ने गरेको प्रशस्तै उदाहरण छन्।


नेपालमा यामाहाका मोटरसाइकल पनि लोकप्रिय अन्तर्गत पर्छ। यामाहाले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्येनजर गर्दै धेरै प्रकारको मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएको छ।
छ । हामीले यहाँ यामाहाका मोटरसाइकल र स्कुटरको मूल्य उल्लेख गरेका छौँ।

मोडल इन्जिन क्षमता मूल्य
एक्सटिजेड एफ आई १४९ सिसि ४७४९००
एक्सटिजेड १२५ सिसि ३९९९००
आर १५ १५५ सिसि ४६९९००
एमटी १५ १५५ सिसि ४३४९००
फेजर २५० सिसि ४१४९००
एफजेड २५ २५० सिसि ४३४९००
एफजेडएसएफआई भि३ १५० सिसि ३२३९००
एफजेडएसएफआइ डिडि १५० सिसि २९९९००
एफजेड १६ एफआई १५० सिसि २७९९००
एसजेड आरआर १५० सिसि २३७९००
सलुटो १२५ सिसि २१३९००
एन म्याक्स १५५ सिसि ४५९९००
फ्यासिनो ११३ सिसि २१२९००
फ्यासिनो १२५ सिसि २४९९००
रेजेड आर एसआर १२५ सिसि २५४९००
रेजेड आर डिस्क १२५ सिसि २४४९००
रेजेड आर ड्रम १२५ सिसि २२९९००
एसटी र्याली ११३ सिसि २२०९००
रे जेड ११३ सिसि १९५९००
प्रकाशित मितिः     2:12:49 PM  |