नेपाली काँग्रेस रेलिङ्ग भाँच्ने अराजक प्रतिपक्ष होइन : महासमिति सदस्य ओली


नेपालगन्ज ६ माघ :  नेपाली काँग्रेसका महासमिति सदस्य मेघराज ओलीले नेपाली काँग्रेस सडकमा रेलिङ्ग भाँच्ने अराजक प्रतिपक्ष नभएको बताएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका ८ बनियाभारमा आयोजित बिरोधसभामा बोल्दै महासमिति सदस्य ओलीले प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने आरोपको जवाफ दिदै भने,–‘हामीले काँग्रेसको चरित्र अनुसार संसदमा प्रभावकारी भूमिका निर्वाह गर्यौ । कम्युनिष्ट जस्तो जनतालाई दुःख दिने गरी सडकका रेलिङ्ग भाच्ने अराजक काम गरेनौं ।’

शान्तीप्रिय प्रतिपक्ष कस्तो हुन्छ भनेर कम्युनिष्टले नेपाली काँग्रेसबाट सिक्नुपर्ने ओलीले बताए ।


संसद बिघटनमा प्रधानमन्त्री केपी शर्मा ओली जत्तिकै प्रचण्ड र माधव नेपाल पनि जिम्मेवार रहेको बताउँदै नेता ओलीले भने,–‘अहिलेको अस्थिरताको हिस्सेदार केपी ओेली मात्र होइन प्रचण्ड र माधव नेपाल पनि हुन ।’

नेपाली काँग्रेसले संविधानको रक्षा र सम्बृद्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने ओलीले बताए ।

 

प्रकाशित मितिः     11:55:04 AM  |