बाँकेमा प्रदेश सरकार गरिबको दैलोमा पुगेको छः संयोजक श्रीवास्तव


नेपालगन्ज : जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले लुम्बिनी प्रदेश सरकार हरेक गरिब नागरिकको दैलौमा पुगेको बताउनु भएको छ । संयोजक श्रीवास्तवले सो कुरा सोमबार राप्तीसोनारी गाउँपालिका वडा नं। ७ मा जेष्ठ नागरिकलाई न्यानो कपडा र थर्मस वितरण कार्यक्रम बताउनु भएको हो ।

संयोजक श्रीवास्तवले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मार्फत सरकार गरिब, विपन्न, जेष्ठ नागरिक, एकल महिला र युवाको रोजगारमूलक कार्यक्रम र क्षमता विकास गरेर सरकार यी वर्गको दैलोमा पुगेको बताउनु भएको छ ।

एकै वडाका ३ सय ९६ जेष्ठ नागरिक पुरुषलाई जकेट र थर्मस, महिलाई स्वीटर र थर्मस वितरण गर्दै संयोजक श्रीवास्तवले करिब बाँकेका सबै पालिकामा संचालिक कार्यक्रम मार्फत साँच्चिकै विपन्न परिवारको सेवामा गाउँपालिकामा काम हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले धर्मका आर्जनका लागि कुनै तिर्थवर्त गर्नु भन्दा आफ्नै घरमा रहेका आफ्ना आमाबुवाको सेवा गरेमा सबै भन्दा ठूलो धर्म हुने बताउनु भयो ।


राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका पालिकास्तरी संयोजक लाहुराम थारुले न्यानो कपडा तपाइसँग नभएर हैन हामीले आफ्ना अग्रजलाई सम्मान गरेको हो । तपाई अग्रजलाई आज सम्मान गर्नु भनेको भोलीको हाम्रो समाज परिवर्तनका लागि महत्वपूर्ण भुमिकामा अगुवाई गर्ने युवा पुस्ता र कसैले पनि परिवारमा अपहेलान नगरो भन्ने सन्देशका लागि पनि सहयोग पुग्ने उहाँको धारणा रहेको थियो ।
कार्यक्रमका सहजकर्ता जमुना चालिसेले यो कार्यक्रमले राप्तीसोनारीका एकल महिलाको लागि गार्मेन्ट संचालन सहयोग, बादी जातिको सिपविकास, लोकसेवा आयोग तयारी कक्षा, नेतृत्व विकास, वारिङ्ग तालिम, मुक्त कमैयालाई बाख्रा सहयोग र जेष्ठ नागरिकलाई न्यानो कपडा सहयोग सहित सहित करिब ५सय परिवारमा प्रत्यक्ष रुपमा कार्यक्रम मार्फत सहयोग गरेको जानकारी दिनु भयो । उहाँले कार्यक्रमको उद्देश्य अनुसार नागरिकलाई सम्मान गरेको बताउनु भयो ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रामलखन थारु, समितिका सदस्य चमेली वाकवल, पूर्ण चौधरी, नेकपाका नेता लालबहादुर थापा लगायतले जेष्ठ नागरिकलाई सम्मान गरेकोमा प्रसंसा गर्नु भएको थियो ।

प्रकाशित मितिः     9:52:37 PM  |