भोलिबाट लाइसेन्सको अनलाइन फारम खुल्ने,यसरी भर्नुहोस् फारम


भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘हामीले सर्वरको समस्या सुल्झाएर परीक्षण पनि गरिसक्यौँ। अब सेवाग्राहीले सातै दिन २४सै घन्टा फारम भर्न सक्नुहुनेछ,’ उनले भने।

फारम भरिसकेपछि त्यहाँ तोकिएको मितीमा यातायात कार्यालय जानु पर्नेछ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।

आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणली बन्द थियो।


कसरी भर्ने फारम ?

अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा https://dotm.gov.np/ जाने।
पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने।

त्यसपछि (एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ। त्यहाँ ओकेमा क्लिक गर्ने। र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ।

प्रकाशित मितिः     3:07:40 PM  |