नेपालगन्जमा सामसुङ्गको अत्याधुनिक सुविधा सम्पन्न ‘कष्टमर सर्भिस’ शाखा सन्चालनमा


नेपालगन्ज :  बिहिवार नेपालगन्जको न्यूरोडमा सामसुङ्ग मोवाइलको ‘कष्टमर सर्भिस ( आईएमएस केयर’ सन्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच सामसुङ्ग मोवाइलका नेपाल प्रमुखले कष्टमर सर्भिको उद्घाटन गरे ।

कम्पनीका उच्च पदाधिकारी सहभागि कार्यक्रममा बोल्ने वक्ताहरुले सामसुङ्ग मोवाइल नेपालमा उत्कृष्ट बन्न सफल भएको बताए ।

पश्चिम नेपालमा आफ्नोे कम्पनीको मोवाइल अत्याधिक रुचाइएको बताउँदै अधिकारीहरुले ती सेवाग्राहीका लागि लक्षित गरेर अत्याधुनिक सूविधा सहितको कष्टभर सर्भिस सन्चालन गरिएको बताए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिन्ज्य संघका एशोसियट सदस्य समेत रहेका द ग्यालेक्सीका प्रमुख दिपेन्द्र बिष्टले केयर सेन्टर उत्कृष्ट भएको बताएका छन् ।

सेवाग्राहीको मन जित्ने गरी सुविधाहरु राखिएको बताउँदै उनले सामसुङ्गलाई देशकै उत्कृष्ट बनाउने गरी सबै लागिपर्ने जनाएका छन् ।

 

प्रकाशित मितिः     १५ माघ २०७७, बिहीबार १५:५७  |