चिसोले कठ्यांग्रिए नेपालगन्जका स्कुले बालवालिका, विद्यालय बन्द गर्ने विषयमा अलमल


नेपालगन्ज :  एकहप्तादेखि नेपालगन्जमा बढेको चिसोका कारण स्कुले वालवालिका सबैभन्दा बढि प्रभावित भएका छन् । चिसोले कठ्यांग्रिदै विद्यालय जान बाध्य भएका विद्यार्थीका विषयमा के गर्ने भन्ने विषयमा नत विद्यालयले नै कुनै निर्णय गरेका छन् नत नेपालगन्ज उपमहानगरपालिकाले नै ठोस निर्णय लिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले कुनै निर्णय नदिएका कारण विद्यालय सन्चालकहरु विद्यालय बन्द गर्ने विषयमा अलमलमा छन् । एकातिर कोरोना कहर त अर्को तिर चिसोका कारण अभिभावक समेत चिन्तित छन् । भौतिक पूर्वाधार नभएका विद्यालयमा पढ्ने विद्यार्थीको पीडा त भनिसाध्य छैन ।

कोरोना कहरपछि भर्खरै खुलेका कारण विद्यालयलाई पढाउने चटारो छ । तर चिसोको कहरका कारण विद्यालयमा विद्यार्थी समेत घटेपछि अब के गर्ने भन्ने विषयमा कुनै निर्णय लिन सकेका छैनन् ।

एक विद्यालयका सन्चालकका अनुसार, कुनै निर्णय आएका कारण विद्यालय बन्द गर्न सकिएको छैन भने चिसोक कारण विद्यार्थीहरु दैनिक जसो विद्यालय आउन मानिरहेका छैनन् ।

प्रकाशित मितिः     १८ माघ २०७७, आईतवार ११:२५  |