प्रेस लेखेको गाडी चढेर आएको समूहले पैसा माग्दै इट्टा उद्योगीलाई धम्काए !


नेपालगन्ज :  प्रेस लेखेको गाडी चढेर आएको एउटा समूहले नेपालगन्जका इट्टा उद्योगीलाई पैसा दिन धन्दै धम्काएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंहले यस सम्बन्धी घटना सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका छन् । हेर्नुहोस् उनले फेसबुकमा लेखेको स्ट्याटस्-

प्रेस लेखेको निलो कारमा पुगेको एक समूहले जय किसान इटा भट्टा सन्चालकलाई आईतबार पैसा नदिए वातावरणीय प्रभाव र गुणस्तर जाँच गर्ने धम्की दिएर फर्किएको सूचना प्राप्त भएको छ । घटनाको अनुसन्धान गर्दा उक्त टोली बाँकेको नरहेको जानकारी भएको छ । घटना बारे सम्बन्धित कार्यालयमा जानकारी गराइएको छ । पत्रकारका नाममा धम्काएर पैसा माग्नेहरुसंग व्यवसायीहरु डराउँनु पर्दैन । जानकारी गराउनुसमात्रै ।


 

प्रकाशित मितिः     १९ माघ २०७७, सोमबार १२:३१  |
error: Content is protected !!