नेपालगन्ज : टुर दि ठाकुरद्धारा कार्यक्रमको अपील यस्तो छ ।-
आज हामी यो पत्रकार सम्मेलन मा उपस्थित भैरहदा हामी टुर दि ठाकुरद्वार को सङ्घार मा छौं , हामीले यश अघि सफलता पुर्वक टुर दि ठाकुरद्वारका दुई सस्करण सम्पन्न गरिसकेका छौं ।
नेपालगन्ज पश्चिम नेपालकै पुरानो र एतिहासिक शहर हो, प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिर र नेपालमै एकमात्र रहेको जुङ्गे महदेव को मन्दिर यो शहर को प्रमुख पहिचान हुन् भने भारत सङ्ग को मुख्य बोर्डर भएको कारण पनि नेपालगन्ज को महत्त्व बढी छ।
स्वास्थ्य , पर्यावरण र पर्यटन का लागी साइकल भन्ने मुख्य नारा बोकेर देश बिदेश बाट कार्यक्रम मा सहभागिता जनाउने साइक्लिस्टहरुलाइ नेपालगन्ज शहर घुमाउने र बाके र बर्दिया जिल्ला का पर्यटकीय क्षेत्र को भ्रमण गराउने मुख्य लक्ष्य लिएर २०७५९द्दण्ज्ञढ० बाट शुरु गरिएको यो कार्यक्रम पर्यटन पर्वधन का उधेश्य राखेर आयोजना गरिएको पश्चिम नेपालकै पहिलो कार्यक्रम हो । कार्यक्रम मा पहिलो बर्ष २ अस्ट्रेलियन साइक्लिस्ट सहित ५० बढी साइक्लिस्टहरुले सहभागिता जनाएका थिए भने दोस्रो बर्ष भारतीय शहर बरेली र नैनिताल बाट ३ जना, अस्ट्रेलियन २ सहित नेपाल भरिकै सबै शहर बाट प्रतिनिधित्व भएको थियो जसमा १२५ जना साइक्लिस्टहरुको सहभागिता थियो दुबै सस्करण मा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राइडको नेतृत्व गर्नुभएको थियो।
यो कार्यक्रम ले बाके र बर्दिया का पर्यटकीय क्षेत्र को प्रचारप्रसार का साथै यी दुबै जिल्ला को पर्यटन उत्थानका लागि टेवा पुर्याउने बिश्वास हामीले लिएका छौं । नेपालगन्ज साइक्लिङ्ग क्लबको साधारणसभा द्वारा निर्णय गरि प्रत्यक बर्ष यो कार्यक्रम लाई आयोजना गर्ने गरि शुरु गरिएको यो कार्यक्रम को तेस्रो सस्करणमा आइपुग्दा पर्यटन को क्षेत्र मा काम गर्ने सस्था नाटा बाके लाई समेत जोड्दै नेपालगन्ज साइक्लिङ्ग क्लब र नाटा बाके च्याटरको संयुक्त आयोजना मा यश बर्षको टुर दि ठाकुरद्वारको आयोजना गर्न लागिएको समेत हामी जानकारी गराउन चाहान्छौ, यस कार्यक्रममा पर्यटन बोर्ड , नेपालगन्ज उपमहानगरपालिका सहित बाके र बर्दिया का स्थानीय तह, पर्या पर्यटन मंच बर्दिया सहित झन्डै दर्जन बढी संघ सस्था र निजि क्षेत्र ले सहकार्य गरेका छन् ।
यसबर्ष भारत को बरेली बाट ३, नैनिताल बाट १ र ओडिसा बाट १ गरि ५जना साइक्लिस्ट सहित देशभर का १५० जना साइक्लिस्टहरुले कार्यक्रममा सहभागिता को लागी नामान्कन गरिसकेका छन् यश बर्ष पनि बिश्व साइकल यात्री पुष्कर शाह ले नेतृत्व गरेको १५० जना साइक्लिस्टहरुले बाके र बर्दिया जिल्ला का पर्यटकीय स्थलको भ्रमण गर्दै यसको प्रचारप्रसार मा टेवा पुर्याउने छन् ।
नेपालगन्ज को बागेश्वरी मन्दिर प्राङ्गण बाट माघ २३ गते बिहान् ८ बजे शुरु हुने साइकल यात्रा नेपालगन्ज शहर परिक्रमा गर्दै खजुरा, बढैयाताल, गुलरिया , कृष्णसार, ताराताल, ओरालिबजार, डल्ला होमस्टे हुँदै ठाकुरद्वार मन्दिर सम्म को साइकल पुरा गरि विश्राम गर्ने छ भने भोलिपल्ट बिहान् ठाकुरबाबा मन्दिरको दर्शन , बर्दिया रास्ट्रीय निकुञ्ज को भ्रमण , नेपालकै लामो पुल गेरुवा कर्णाली पुल, घुमेर साझ थारु सास्कृतिक कार्यक्रम को आयोजना गरिनेछ भने भोलिपल्ट बिहान् २५ गते सबै साइक्लिस्टहरु बबई हुँदै सत्खलुवाताल को अवलोकन गर्नेछन् सबै सहभागी लाई सत्खलुवा मा बारबर्दिया नगरपालिका ले स्वागत सहित दिवाखानाको ब्यबस्थापन गरेको छ भने सत्खलुवा ताल घुमेर साइक्लिस्टहरुले बासगढी नगरपालिका मा रहेको प्रसिद्ध ॐ केदारेश्वर धाम पुग्ने छन् र औपचारिक रूपमा कार्यक्रम को समापन ॐ केदारेश्वर धाममा गरिनेछ ।