नेपालगन्जमै सिएको कक्षा सन्चालनको पहल


नेपालगन्ज : लेखापरीक्षण पेशाको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नेपालगन्ज कार्यालयको आयोजनामा यस यस क्षेत्रमा कार्यरत रहेका सदस्यहरुलाई लेखापरीक्षण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सीए मदन शर्मा, उपाध्यक्ष सीए युद्धराज वोली केन्द्रीय पार्षद आरए बहादुर सिंह विष्ट तथा आरए करिम खान लगायत पच्चीस जना भन्दा बढी लेखापरीक्षकको उपस्थिति थियो ।

सो कार्यक्रममा लेखापरीक्षण पेसामा रहेको चुनौती तथा लेखापरीक्षकले पूरा गर्नु पर्ने दायित्व बारे सदस्यहरुले धारणा राखेका थिए ।


यस क्षेत्रका विद्यार्थीहरु काठमाडौँ तथा भारतका विभिन्न ठाउँ चार्टर्ड एकउन्टेन्ट्सी कोर्स अध्ययन गर्न को लागि जानुपर्ने बाध्यता रहेको भन्दै निकट भविष्यमै नेपालगन्ज मै सिएका कक्षाहरु सञ्चालन गर्नुपर्ने सुझाव राखिएको थियो ।

अहिले विभिन्न चरणमा कुरा चलिरहेको र सीए कक्षा निकट भविष्यमै नेपालगन्जमा सञ्चालन हुने जानकारी गराइएको थियो ।

प्रकाशित मितिः     २९ माघ २०७७, बिहीबार ११:१८  |
error: Content is protected !!