बर्दियामा निःशुल्क बाल रोग स्वास्थ्य शिविर सन्चालन


नेपालगन्ज :  बिभिन्न तीनवटा स्वास्थ्य संस्थाहरुको सहयोगमा बिहिवार बर्दियाको बाँसगढीमा निःशुल्क बाल रोग स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।

एसओएस मेडिकल सेन्टर बर्दिया, लायन्स क्लव अफ सेन्टल,ओलास्का रामारोशन मेडिकल हल नेपालगन्जको आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

डा. बिष्णुकुमार थापाले बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छन् । ६० जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने औषधी र ल्याव परीक्षण निशुल्क गरिएको ओलस्का रामारोशन मेडिकल हलका सन्तोष शाहले बताए ।


प्रकाशित मितिः     12:10:09 PM  |