नेपालगन्ज : नेपालगन्जमा बिहिबारदेखि दोस्रो जुमा अन्तर ब्यवसायी फुटबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवालले रेफ्रीलाई खेलसामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । पहिलो दिन एउटा मैत्रीपुर्ण लगायत ५ वटा खेल सम्पन्न भएको छ ।
कर्मचारी प्रशासन र जनप्रतिनिधी बीचमा भएको खेलमा कर्मचारी प्रशासनको टीम बिजयी भएको छ । कर्मचारीको टोली शून्यको बिरुद्ध ३ गोल अन्तरले बिजयी भएको हो । त्यसैगरि प्रतियोगिताको पहिलो खेलमा किराना तथा खाद्य ब्यवसायी संघद्वारा आईएसपी दुईको बिरुद्ध ४ गोल अन्तरले पराजित भएको छ ।
दोस्रो खेलमा नेपाल टेलिकमले बार एशोसियसनलाई १२–० गोल अन्तरले पराजित ग¥यो । त्यस्तै तेस्रो खेलमा बजार प्रतिनिधीले अटो मोबाईल्स एशोसियसनलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भयो ।
यसअघि प्रतियोगिताको उदघाटन गर्दै सदस्य सचिव सिलवालले नीजिस्तरबाट संचालित यस्ता प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा उजागर गर्न मद्दत पुग्ने बताउनुभयो । जुमा स्पोर्टस क्लब बाँकेको आयोजनामा प्रतियागिता संचालन गरिएको हो ।
क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको बताउनुभयो । चैत्र २ गते सम्म संचालन हुने प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाईएको छ । प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी १ सय ५२ जना खेलाडीहरुको खेल अवधी भरको लागि ५ लाख बराबरको दुर्घटना बीमा समेत गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।