नरैनापुरका पीडितलाई अथकले दिए जनही रु ५ हजार, आवास निर्माणमा सघाउने


नेपालगन्ज :  बाँकेको नर्रैनापुरका आगलागी पीडितलाई संघीय सांसद महेश्वर गहतराज अथकले जनही रु ५ हजार सहयोग गरेका छन् ।

घटनास्थल पुगेर सांसद अथकले पीडितहरुलाई स्वरुप जनही ५ हजारका दरले २२ जनालाई एक लाख दस हजार नगद सहयोग गरे ।


साथै उनले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत टिनको छाना भएको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७७, शुक्रबार २१:४५  |
error: Content is protected !!