नेपालगन्ज : मालवाहक सवारीसाधन ओभरलोड भेटिए तत्कालै सामान झारिने भएको छ।यातायात व्यवस्था विभागले सुचना जारी गर्दै चैत्र १५ गते पछि सवारीसाधनहरुले तोकिएको भन्दा बढी भार बोकेको भेटिए तत्कालै सामान झारिने चेतावनी दिएको हो।
विभागले ती सवारी साधनले तोकिए अनुसार जरीवाना समेत तिर्नुपर्ने जनाएको छ। सडक संरचना संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असरहरुलाइ न्यूनीकरण गर्न मालवाहक सवारीको भारवहन नियमन सम्वन्धी निर्देशिका – २०७४ बनाइएको छ।
सो निर्देशिका बमोजिम मालवाहक सवारीसाधनहरुले तोकिएको मापदण्ड बमोजिम भार ओसार पसार गर्न पाउने उल्लेख भएपनि कार्यान्वयन भने थिएन। पछिल्लो समय जनगुनासो आउन थालेपछि विभागले कडाइ गर्न लागेको हो।